SMART द्वारा निःशुल्क Financial Literacy Online Training
2025 December 1 to 7 (मङ्सिर १५ देखी २१ गते) सम्म सञ्चालन हुने
नेपालका लगानीकर्ता, विद्यार्थी, कर्मशील युवा तथा आर्थिक रूपमा सक्षम बन्न चाहने सबैलाई लक्षित गर्दै SMART (Stock Market Analysis & Research Team) ले Financial Literacy Online Training कार्यक्रम गर्ने भएको छ।
पूर्णरूपमा निःशुल्क रहने यो ६ दिने प्रशिक्षणले सहभागीलाई आर्थिक सचेतना, पैसाको सही व्यवस्थापन, आम्दानी–खर्च योजना, बचत–लगानीका आधारभूत सिद्धान्त लगायत महत्वपूर्ण वित्तीय ज्ञान सिकाउने SMART ले जानकारी दिएको छ।
“From Awareness to Action – Master your money” भन्ने मुल नारासहित सुरु गरिएको यस कार्यक्रमले आर्थिक कमजोरीबाट माथि उठाउन र वित्तीय निर्णयमा स्वावलम्बी बनाउन मद्दत गर्ने SMART को विश्वास छ।
कार्यक्रम हरेक दिन राति ८ बजे देखि ९ बजेसम्म Online माध्यमबाट सञ्चालन हुनेछ।
सहभागीहरूले घरमै बसेर सजिलै प्रशिक्षण लिन सक्नेछन्।
SMART का अनुसार, नेपालमा वित्तीय ज्ञानको अभावकै कारण धेरै युवाहरू अनावश्यक खर्च, गलत लगानी र दीर्घकालीन वित्तीय योजनाबाट टाढा रहेका छन्। यस्तो अवस्थामा SMART को Financial Literacy Training आर्थिक यात्रामा मोड्ने महत्वपूर्ण अवसर हुनसक्ने बताइएको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
• निःशुल्क ६ दिने अनलाइन प्रशिक्षण
• वित्तीय व्यवस्थापन र लगानीका आधारभूत सिकाइ
• सजिलो, सरल र व्यावहारिक प्रस्तुति
• अनुभवी SMART प्रशिक्षकद्वारा प्रशिक्षण
• प्रमाणपत्र (Certificate) पनि उपलब्ध
कार्यक्रममा सहभागी हुने इच्छुकहरूले SMART द्वारा उपलब्ध गराइएको QR Code स्क्यान गरी सजिलै निःशुल्क दर्ता गर्न सक्नेछन्।
👉 Register Now: https://forms.gle/UZgRSamFKpocMoFL6
SMART ले सबै वित्तीय सचेत नागरिक, विद्यार्थी, गृहिणी, जागिरे, युवा तथा भविष्यमा लगानी गर्न चाहनेहरूलाई यो कार्यक्रम अवसरका रूपमा लिन अनुरोध गरेको छ







