काठमाडौँ- नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभाको आयोजना गर्दैछ।
यो कार्यक्रम एमाले बागमती प्रदेश कमिटीको पहलमा हुन लागेको हो। जनप्रदर्शन र सभा बिहान ११ बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने एमालेका नेताहरूले जनाएका छन्।
एमालेले प्रतिनिधिसभा विघटन र सुशीला कार्कीको नेतृत्वमा गठित सरकार असंवैधानिक भएको भन्दै त्यसको कडा आलोचना गरिरहेको छ।
यसअघि, एमालेले पहिलो चरणको विरोध कार्यक्रमहरू सम्पन्न गरिसकेको छ।






