काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई समयमै निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए।
उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरेको गरेको बताए। उनले दण्डहीनता स्वीकार्य नहुने चेतावनी पनि दिए।
उनले आफूहरू कुनै अपेक्षा र व्यक्तिगत इच्छाले नआएको भन्दै देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा आएको बताए।







