गृहपृष्ठ Featured सेन्चुरीले लुम्बिनी लायन्सबाट शतक र अर्धशतक बनाउने खेलाडीलाई नगद पुरस्कार दिने

सेन्चुरीले लुम्बिनी लायन्सबाट शतक र अर्धशतक बनाउने खेलाडीलाई नगद पुरस्कार दिने

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले शतक र अर्धशतक प्रहार गरेमा ‘दुगर स्पाइसेस एन्ड फुड प्रडक्ट्स प्रालि’ले नगद पुरस्कार दिने घोषणा गरेको छ । ‘दुगर स्पाइसेस एण्ड फुड प्रडक्ट्स प्रालि’को ‘सेन्चुरी’ले एनपीएलमा शतक प्रहार गरेमा खेलाडीलाई एक लाख र अर्धशतक प्रहार गरेमा ५० हजार प्रदान गर्नेछ ।

दुगर स्पाइसेस एन्ड फुड प्रडक्ट्स प्रालिको उत्पादन सेन्चुरी एनपीएलमा लुम्बिनी लायन्सको प्रायोजक समेत हो । नेपाली क्रिकेटको विकासका लागि र खेलाडीहरूको मनोबल बढाउनका लागि यो सहयोग गर्न लागेको कम्पनीका म्यानेजिङ डाइरेक्टर आदीत्य दुगडले जानकारी दिए ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, “यो पुरस्कारले हाम्रो खेलाडीलाई अझ हौसला बढाउनेछ र एउटा सम्मान पनि हुने विश्वास लिएका छौँ । यसका लागि हामी हाम्रो प्रायोजकलाई धेरै धन्यवाद दिन चाहन्छौँ ।”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा दुई खेल खेल्दा मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा चितवन राइनोजलाई हराएर विजयी सुरुवात गरेको लुम्बिनीले दोस्रो खेलमा कर्णाली याक्ससँग हार व्यहोरेको थियो ।

युवा खेलाडीहरूलाई अवसर दिँदै आएको लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेलदेखि नै ट्यालेन्ट हन्टबाट आएका लोकल आइकोनिक प्लेखर समिर अली मुसलमानलाई खेलाएको थियो । यस्तै पहिलो संस्करणमा लुम्बिनी लायन्सले युवा स्पीनर अभिशेष गौतमलाई पनि निरन्तरता दिएको थियो ।

लुम्बिनी लायन्स टिम :

रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, समिर अली, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नहब, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ

सम्बन्धित् समाचार