गृहपृष्ठ Featured लिभरपुलको रोमाञ्चक जित

लिभरपुलको रोमाञ्चक जित

काठमाडौं ।

इंग्लिस क्लब लिभरपुलले एफए कपको तेस्रो राउन्डमा बार्न्सलेविरुद्ध ४–१ को रोमाञ्चक जित निकालेको छ ।

मंगलबार लिभरपुललाई घरेलु मैदान एन्फिल्डमा जित दिलाउन डोमिनिक जोभोस्ज्लाई, जेरेमाइ फ्रिम्पोङ, फ्लोरियन विर्टज् र ह्युगो एकितिकेले समान एक गोल गरे । जवाफमा बार्न्सलेका एडम फिलिप्सले एक गोल फर्काए ।

खेलको नवौँ मिनेटमा जोभोस्ज्लाईले लिभरपुललाई अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा फ्रिम्पोङले अग्रता दोब्बर बनाए । ४०औँ मिनेटमा बार्न्सलेका फिलिप्सले गोल गर्दै टिमलाई १–२ को स्थितिमा ल्याए ।

८४औँ मिनेटमा फिर्टज्को गोलमा लिभरपुलले बान्र्सलेविरुद्ध ३–१ को अग्रता बनायो । इन्ज्युरी समयमा एकितिकेले गोल गर्दै घरेलु टिमको जित सुनिश्चित गरेका हुन् ।

सम्बन्धित् समाचार