गृहपृष्ठ Featured लिग कप: म्यानचेस्टर सिटीको सहज जित

लिग कप: म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर सिटीले इंग्लिस लिग (काराबाओ) कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडविरुद्ध २–० को सहज जित हात पारेको छ ।

यो जितसँगै आठ पटकको विजेता सिटीले फाइनल सम्भावनालाई बलियाे बनाएको छ । मंगलबार सेन्ट जेम्स पार्कमा पाहुना टोली सिटीलाई जित दिलाउन एन्टोइन सेमेन्यो र रायन चेर्कीले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सेमेन्योले ५३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले जेरिमी डोकुको क्रसलाई जाली चुमाएका हुन् ।

खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडी चेर्कीले सिटीको अग्रता दोब्बर बनाए । उनले रायन आइत नुरीको पासलाई सदुपयोग गरेका थिए ।

अब दोस्रो लेग ४ फेब्रुअरीमा सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा हुनेछ ।

सम्बन्धित् समाचार