गृहपृष्ठ अन्तरास्ट्रिय खबर इरानसँगको तनाव चर्कँदै गएपछि मध्यपूर्वका सैन्य बेसबाट अमेरिकी कर्मचारी फिर्ता

इरानसँगको तनाव चर्कँदै गएपछि मध्यपूर्वका सैन्य बेसबाट अमेरिकी कर्मचारी फिर्ता

इरानले छिमेकी देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ ।

यसैबीच, अमेरिकाले बढ्दो क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै कतिपय सैन्य बेसबाट कर्मचारी फिर्ता गर्न थालेको रोयटर्सले जनाएको छ । पश्चिमी सैन्य स्रोतका अनुसार अमेरिकी आक्रमणको संकेत देखिए पनि यसको समय र दायरा स्पष्ट छैन ।

इरानभित्रको व्यापक विरोध प्रदर्शनमा अहिलेसम्म २ हाजर ५ सय जनाको ज्यान गइसकेको छ भने ठूलो संख्यामा मानिसहरू पक्राउ परेका खबरमा उल्लेख छ ।

यसैबीच एम्नेस्टी इन्टरनेशनलले पछिल्लो एक हप्तामा इरानमा शान्तिपूर्ण प्रदर्शनकारी र सर्वसाधारणविरुद्ध गैरकानुनी सामूहिक हत्या भएको प्रमाण फेला पारेको जनाएको छ । इरानमा दूरसञ्चार सेवा लगातार सातौँ दिन पनि लगभग पूर्ण रूपमा बन्द रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूले ज्यान गुमाउने र घाइतेको ठूलो संख्या गहिरो चिन्ता व्यक्त गर्दै दमन जारी रहे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

इरानी राष्ट्रपति मसुद पेजेश्कियानले गम्भीर आर्थिक अवस्थाबारे नागरिकको माग सुन्नुपर्ने बताउनुभएको छ भने रक्षामन्त्री अजीज नासिरजादेहले आक्रमण भए अन्तिमसम्म देशको रक्षा गर्ने चेतावनी दिएका खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार