किरणमान बज्राचार्य
कपिलवस्तु ।
कपिलवस्तुको बुद्धको क्रिडास्थल स्थल तिलौराकोटमा ५१ देशका बिदेशी पर्यटकले भ्रमण गरेका छन् ।
अमेरिका, बेलायत जापान, जर्मन, फान्स अमेरिाका रुस, साउथ कोरिया, स्पेन, भियातनाम न्युुजील्याण्ड, लगायत देखि ठुलो चीन सम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।
तिलाराकोटमा सुरु गरिएको उत्खनन पछि बिदेशी पर्यटक निरन्तर बढेका छन । सन् २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम बिश्व बिद्यालयको प्राबिधिक सहयोगमा पुरातत्व बिभागले उत्खनन गर्दै आएको सन् २०२४ सम्म उत्खनन गरेको थियो । कोरानाकाल पछि भने सन् २०२०, २०२१ र २०२२ मा भने तिलौराकोटमा एकैदमै न्युन पर्यटक आएका थिए । सन् २०२५ मा तिलौराकोटमा १ लाख ७ हजार ९५८ पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषको तिलौराकोट संपर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।
सन् २०२५ मा ५० देशका ४६ हजार ३०७, भारतीय १९ हजार २१ र ४२ हजार ६३० नेपाली तिलौराकोट आएको उनले बताए । सन् २०२४ मा भने कुल १ लाख ५२ हजा ११४ जना पर्यटक आएका थिए । कपिलवस्तु बाहेकका जिल्ला, भारतीय र ५० देशका पर्यटक गरी सन् २०२५ मा १ लाख ७ हजार ९५८ आएको उनले बताए । सन् २०२३ मा कुल ८१ हजार ८१९ पर्यटकले तिलौराकोटको अवलोकन गरेका छन ।
सबैभन्दा बढी म्यानमार, थाईल्यान्ड, कोम्बोडिया, श्रीलंकाका बौद्धमार्गी यहा आएका थिए । सन् २०२५ मा सबैभन्दा बढी म्यानमारबाट १३ हजार ७७३ र थाईल्डनडबाट ८ हजार १५ जना तिलौराकोट आएका हुन । सेम्टेम्बर देखि मार्च महिनालाई पर्यटक आउने सिजन मानिएको छ । अक्टोबर, नाभेम्बर र डिसेम्बरलाई पर्यटक आउने सिजन मानिन्छ ।
डिसेम्बरमा १८ हजार ६२२ र नाभेम्बरमा २२ हजार ६४१ जना तिलौराकोट आएका छन । तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अबस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रासादका रुपमा परिचित छ । ९० प्रतिशत बढी विदेशी विश्व शान्ति, सद्भाबको कामना र तीर्थाटन गर्न आउने गरेको तिलौराकोट स्थित लुम्बिनी विकास कोष तिलौराकोट संपर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।







