कपिलवस्तु जिल्लामै पहिलो पटक भोलि शनिबार महिला लुङ्गी फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको हो ।

प्रतियोगिता बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्ध रंगशालामा बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक शंकर कार्कीले जानकारी दिनुभयो । महिला खेलाडीहरूको सहभागिता र क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ ।
महिला खेलाडीहरूका लागि यस्ता प्रतियोगिता अत्यन्त आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “महिला खेलाडीहरूमा अपार क्षमता छ, तर अवसरको अभाव छ । यही अभाव हटाउन र उनीहरूको आत्मविश्वास बढाउन यस प्रतियोगिता आयोजना गरिएको हो । यसले स्थानीय महिला खेलाडीलाई अघि बढ्न प्रेरणा मिल्नेछ ।”
प्रतियोगितामा जिल्लाभरका विभिन्न महिला टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।








