स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लेगमा पोर्चुगलको बेन्फिकाविरुद्ध १– ० को कठिन जित दर्ता गरेको छ ।
मंगलबार डा लुज रंगशालामा भिनिसियस जुनियरले गरेको एकमात्र गोल पाहुना टोली रियललाई जित दिलाउन निर्णायक बन्यो । उनले खेलको ५० औँ मिनेटमा किलियन एमबाप्पेको पासलाई सदुपयोग गरेका थिए ।
खेलमा बलियो पकड जमाए पनि रियलले गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । रियलको १५ मध्ये ८ प्रहार टार्गेटमा थियो । यता, बेन्फिकाका ९ मध्ये ३ प्रहार टार्गेटमा रह्यो ।
अब दोस्रो लेग २५ फेब्रुअरीमा रियलको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा हुनेछ ।







