वैखरी अनलाईन, बाणगंगा ।
३ दिनदेखि सम्पर्कविहीन कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–८, लौगाई निवासी अमृत बेल्बासे सकुशल फेला परेका छन्। उनी आज विहान खुनुवामा भेटिएको परिवारिक स्रोतले जाकनारी दिएको छ ।
शिवरात्रीको दिनदेखि बेपत्ता भएका अमृतको खोजी कार्यलाई परिवार, स्थानीयवासी तथा सम्बन्धित निकायले तीव्र पारेका थिए। लामो खोजीपछि उनी सकुशल अवस्थामा फेला परेका हुन्।
अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेको जानकारी प्राप्त भएको छ।
उनी कसरी सम्पर्कविहीन भए र कहाँ थिए भन्ने विषयमा भने थप विवरण आउन बाँकी रहेको छ।







