शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए।
शिवरात्रीमा उनले पशुपतिमा खटिएका प्रहरीलाई हातपात गरेको भिडिओ सार्वजनिक भएको थियो। तर प्रहरीले पहिचान गर्न नसकेपछि उनको फोटो सार्वजनिक गर्दै पहिचान गर्न सहयोग मागेको थियो।
पहिचान भएसँगै रिजनलाई स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे भट्टराईले बताए।







