गृहपृष्ठ Featured कर्णालीका सपना, हाम्रा सपना : बालेन

कर्णालीका सपना, हाम्रा सपना : बालेन

७ फागुन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीका सपना बोकेर आफूहरू संसद्मा जाने बताएका छन् ।

कर्णालीको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिलेसम्म कर्णालीको गरिबी धेरै नेताले देखेको भए पनि बुझ्ने काम कसैले नगरेको बताए ।

सम्बोधनको क्रममा कर्णालीबारे प्रशंसा गरे । राजा महेन्द्र सम्झंदै उनले रारा ताललाई ‘स्वर्गकी अप्सरा भएको ठाउँ’ भने ।

‘देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं,’ बालेनले सम्बोधनको क्रममा भने ।

काठमाडौं महानगरपालिकामा नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, बाजागाजा, त्यहाँका मूर्त, अमूर्त सम्पदालाई जोगाएर राखेको बताउँदै कर्णालीमा पनि त्यही कुरा जोगाउन आफूहरू लाग्ने उनले बताए ।

सम्बन्धित् समाचार