गृहपृष्ठ Featured जापानको ओसाका शहरमा पानी वितरण प्रणाली सुधार्न एक दाताले २१ किलाे सुन दान गरे

जापानको ओसाका शहरमा पानी वितरण प्रणाली सुधार्न एक दाताले २१ किलाे सुन दान गरे

ओसाका सिटी वाटरवर्क्स ब्युराे

जापानको ओसाका शहरमा पुरानो पानी वितरण प्रणाली सुधार्न एक जना दाताले २१ किलाेग्राम सुन दान गरेका छन् ।

ती दाताले ३६ लाख अमेरिकी डलर बराबरको २१ किलाे सुन दान गरेका ओसाका शहरका मेअर हिदेयुकी योकोयामाले बताउनुभएको बीबीसीले जनाएको छ । ती दाताले आफ्नो नाम नखुलाएका पत्रकार सम्मेलनमा मेअर योकोयामाले जानकारी दिनुभयो । यिनै दाताले यसअघि ओसाका नगरपालिकाको पानी वितरणका लागि ५ लाख येन दान दिएका थिए ।

झन्डै ३० लाख मानिसको बसोबास रहेको ओसाका जापानको तेस्रो ठूलो शहर हो । कान्साई क्षेत्रमा रहेको ओसाका व्यस्त व्यापारिक केन्द्र पनि हो ।

सन् २०२४ मा ओसाकामा पाइप फुटेर बाटोमुनिबाट पानी चुहावटका ९० वटाभन्दा धेरै घटनाहरू जानकारीमा आएका सरकारी निकायले जनाएको छ । ओसाकासहित अन्य शहरहरूमा पानी वितरण र ढल निकास गर्ने पाइपहरू निकै पुराना भइसकेका कारण सुरक्षा चिन्ता उत्पन्न भएको छ ।

जापानमा २० प्रतिशतभन्दा धेरै पाइपलाइनले कानूनी रूपमा निर्धारित ४० वर्षको अवधि पार गरिसकको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार