गृहपृष्ठ खबर दुई मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु

दुई मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु

कैलालीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ वनदेवी नजिक शुक्रबार साँझ सुपप्र ०१००९ प ७५८१ र सुपप्र ०१००१ प ३१८७ नम्बरका मोटरसाइकल आपसमा ठोक्किका हुन्।

दुर्घटनामा गौरीगङ्गा नगरपालिका–१ का २५ वर्षीय योगेन्द्र शाह, धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २२ वर्षीय हरिश ओली र अर्का एक युवकको मृत्यु भएको हो।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

शाहको मायामेट्रो, ओलीको नवजीवन र नाम नखुलेका युवकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गोदावरी नगरपालिका–६ का २२ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन्।

उनको धनगढीस्थित मायामेट्रोे हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार