काठमाण्डौ – आज र भोलि केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही ठाउँमा रातिदेखि नै हल्का पानी परिरहेको छ । दिउँसोपख कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही ठाउँहरु तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।








