काठमाडौं ।
पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेको छ । त्यहाँको सैनिकले संविधान विघटन, सबै संस्था निलम्बन र राष्ट्रको सिमाना बन्द गरेको बताएको छ ।
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।
नाइजरका दुई छिमेकी देश, माली र बुर्किना फासोले पनि हालैका वर्षहरूमा जिहादी विद्रोहका कारण कूको अनुभव गरेका छन् ।








