गृहपृष्ठ Featured बाणगंगामा एकै घरका दुई दिदी-बहिनीलाई सर्पले डस्दाँ एकको मृत्यु, एकको अवस्था गम्भिर

बाणगंगामा एकै घरका दुई दिदी-बहिनीलाई सर्पले डस्दाँ एकको मृत्यु, एकको अवस्था गम्भिर

कपिलवस्तु, ।

जिल्लाको बाणगंगा नगरपालिकामा सर्पले डस्दा एकको मृत्यु भएको छ भने एकको अवस्था गम्भिर छ ।

उनीहरु एकै घरका दुई दिदी बहिनी हुन् । नगरपालिकाको वडा नम्बर ९ स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो ।

मंगलबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको पारिवारिक स्रोतले जनाएको छ ।

सर्पले डसेको थाहा पाएलगत्तै बिहान ४ बजे गोरुसिँगे स्थित सर्पदशं उपचार केन्द्रमा लगिएको र त्यहाँबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उपचारका क्रममा ३ वर्षीय बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्र बहादुर रानाले जानकारी दिए ।

उनका अनुसार एक जनाको अवस्था पनि गम्भिर छ ।

सम्बन्धित् समाचार