जनकपुरधाम ।
अन्तरजातीय विवाह गरेकै कारण सर्लाहीमा एक युवकमाथि जनप्रतिनिधिकै अगुवाईमा कुटपिट र जरिवाना गरेको घटना सार्वजनिक भएको छ ।
रुपेश यादव समुदायकी युवतीलाई साउन २८ मा भगाएर विवाह गरेका थिए । उनीहरुबीच प्रेम चल्दै थियो । समाजले नमान्ने सोचेर उनीहरु ईटहरी पुगेर विवाह गरेको बुझिएको छ ।
उनका अनुसार विवाह गरेका युवक रुपेशलाई डेढ लाख, मुख्य सहयोगी भन्दै जलिन्दर यादवलाई पनि डेढ लाख तथा बेचन राय र दिपेश रामलाई ५०/५० हजार जरिवाना गरेको थियो । दिपेश रामले जरिवाना रकम तिर्न नसक्दा उनको घरबाट भैंसी खोलेर लगिएको छ ।
घरबाट भैंसी खोलेर लगेको विषयमा विवाद भएपछि त्यहांका दर्जनौं दलितहरुमाथि कात्तिक २० गते कुटपिट भएको छ । घाइतेहरुको बरहथवा र जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार दलित युवककी आमा र विवाह गरेकी युवतीको बुबा वडा सदस्य छन् । दुवैजना जनता समाजवादी पार्टी (जसपा)बाटै वडा सदस्यमा निर्वाचित भएकी हुन् । जसपा भने घटनामा मौन देखिएको छ ।
अन्तरजातीय विवाह गरेकै निहुंमा दण्ड जरिवाना गर्नु र जरिवाना तिर्न नसक्दा भैंसी खोलेर लग्नु, सांघातिक आक्रमण गर्नु जस्ता कानूनलाई चुनौती दिनेहरुलाई कारबाहीको दायरामा ल्याउन दलित अगुवा तथा दलित अधिकारका लागि आवाज उठाउने संघसंस्थाहरुले माग गरेको छ ।
सामाजिक पञ्चायतीमा भएको निर्णण बमोजिम केटा पक्ष र सहयोग गर्नेहरुलाई गरिएको जरिवाना फिर्ता गराउन स्थानीय प्रशासनसँग दलित अगुवा विनोद महराले माग गरे ।








