सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- २ लखनपारामा करिब एक विगाह क्षेत्रफलमा फुलखेती छ । तिहारलाई लक्षित गरि साउनदेखि नै सयपत्री फुलखेती गरिएको हो ।
‘अहिले फुल टिप्न र माला बनाउन भ्याइनभ्याइ छ,’ संचालक उपेन्द्र शाही ठकुरीले भने ।
दैनिक ६/७ जना स्थानीयहरु फुल टिप्न र माला उन्नमै व्यस्त रहेको उनले बताए ।
अर्का संचालक प्रेम नारायण पाण्डेले एउटै बोटबाट ३ किलो भन्दा बढी फुल उत्पादन हुने बताए । ‘एक केजी फुलबाट ६ वटा सम्म माला बनाउन सकिन्छ,’ उनले भने, ‘अहिले हरेक दिन ५ सय वटासम्म माला बनाएका छौं ।’
एक लाख बढी लगानीमा गरिएको उक्त फुलखेतीबाट करिब ५ लाख रुपैयाँको करोबार गर्ने उनीहरुको लक्ष्य छ ।
तस्बिरहरू :














