गृहपृष्ठ Featured दुर्गा प्रसाईँको आन्दोलनमा एक जना गम्भीर घाइते, २६ सामान्य

दुर्गा प्रसाईँको आन्दोलनमा एक जना गम्भीर घाइते, २६ सामान्य

काठमाडौँ ।

गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् ।

बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना गम्भीर घाइते भएको बताएका छन् ।

उनले घाइतेको सरकारले उपचार गर्न नपर्ने भन्दै सबै घाइतेको आफैले उपचार गर्ने बताए ।

उनीहरुलाई केएमसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सम्बन्धित् समाचार