गृहपृष्ठ खबर ‘१४ औं कपिलवस्तु महोत्सवमा दर्शकलाई सहज रुपमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउँछौं’

‘१४ औं कपिलवस्तु महोत्सवमा दर्शकलाई सहज रुपमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउँछौं’

सागर वि.क., वैखरी अनलाईन ।

१४ औं कपिलवस्तु महोत्सवमा आयोजकले दर्शकहरुका लागी सहज रुपमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने भएको छ ।

दैनिक खानेपानीको परिक्षण गरेर पाईपमार्फत दर्शकहरुका लागी खानेपानी उपलब्ध गराउने योजनासहित आयोजक अघि बढेको खानेपानी तथा सरसफाई समितिका संयोजक खिल प्रसाद शर्माले वैखरीलाई बताए ।

महोत्सवभित्र रहने प्रत्येक होटलहरुलाई सहज रुपमा पानीको आपुर्ति हुने उनले बताए । ‘कोही पनि प्यासले काकाकुल हुनुपर्ने स्थिति आउँन दिदैनौं । शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन आयोजक प्रतिवद्ध छ,’ उनले भने ।
महोत्सव स्थल सरसफाईको काम ७५ प्रतिशत सम्पन्न भईसकेको बताउँदै उनले भने, ‘अब खाल्टाखुल्टी पुर्ने तयारीमा लागेका छौं । २ दिनभित्रै सरसफाईको सबै काम सकिन्छ ।’
उनले महोत्सव स्थललाई चिटिक्क पार्ने गरि सरसफाईको काम धमाधम भईरहेको बताए ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो ।

आयोजकले विभिन्न आवश्यक समिति, उपसमितिमार्फत महोत्सवको तयारीलाई तीब्र बनाएको छ ।

सम्बन्धित् समाचार