बणगंगा, वैखरी अनलाईन ।
१४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १२ औं कपिलवस्तु डान्स आईडल सुरु भएको छ । महोत्सव संचालनको दोस्रो दिन शुक्रबारदेखि डान्स आईडल सुरु भएको डान्स आईडल संयोजक खडक बहादुर क्षेत्रीले बताए ।
शुक्रबार १३ जना प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति दिएको उनले बताए । जसमध्ये विहान कार्की ‘पर्फमेन्स अफ डे’ हुन सफल भएका छन् । उनका अनुसार अब हरेक दिन क्रमश प्रतियोगिहरु बाहिरिने छन् ।
मंसिर १९ गते भएको फाईनल अडिसनमा छनोट भएका १३ जना प्रतियोगीहरुले आज स्टेजमा प्रस्तुति दिएका हुन् ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।








