गृहपृष्ठ Featured मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन्  ।

सभापति लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै  खेदजनक  छ।’

यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? भन्दै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बुधवार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै मन्त्री किराँतीले क्रिश्चियन धर्मको प्रचार-प्रसार गरेका थिए ।

सम्बन्धित् समाचार