गृहपृष्ठ खबर रुपन्देहीका विभिन्न स्थानवाट मोटरसाइकल चोरी गर्ने गिराह पक्राउ

रुपन्देहीका विभिन्न स्थानवाट मोटरसाइकल चोरी गर्ने गिराह पक्राउ

२०७६ श्रावण १२

रुपन्देहीका विभिन्न स्थानवाट मोटरसाइकल चोरी गर्ने एउटा गिराह पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस नोटमा मोटरसाइकल चोरीमा सम्लग्न ७ जनाको गिरोह पक्राउ परेको जनाएको छ ।
गत असार १६ गते सिद्धार्थनगरपालिका ५ नापी कार्यालयबाट लु.१९प. ८१७० नम्वरको होण्डा साईन मोटरसाईकल चोरी भए पछि जिल्ला प्रहरी कार्यालयमा दिईएको निबेदनका आधारमा अनुसन्धान अगाडी बढाउदा रुपन्देहीको सास्कृतिक नगरपालिकाको वडा नम्वर ११ बस्ने अब्दुल हमिद मुसलमान र शुद्धोदन गाउपालिका वडा नम्वर ६ बस्ने कालु मल्लाहलाई पक्राउ प्रहरीले पक्राउ गरी उनिहरुको बयानको आधारमा थप ५ जनालाई पक्राउ परेको जनाएको छ । पक्राउ परेका थप ५ जनामा रुपन्देहीकै कंचन गाउपालिका ५ का गगन गुरुङ,सम्मर बहादुर थापा,मान बहादुर भण्डारी, वडा नम्वर ४ का ओम प्रकाश रौतार र जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका १० का दिपक चौधरी रहेका छन ।
प्रहरीले चोरी गर्ने र विक्री गर्ने काममा संग्लन सहित लु१५प २१७१ को होण्डा साईन, लु१९प ८१७० को होण्डा साईन, लु२१प ६४३४ सुपर स्पलेण्डर, लु३५प २१५५ सुपर स्पलेण्डर , लु२२प ६९४८ सुपर स्पलेण्डर र लु२२प ४३५५ स्पलेण्डरमोटरसाईकिल पनि बरामद गरेको प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताउनु भयो ।
निजहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा बिभिन्न मोटरसाईकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । बरामद मोटरसाईकल सहित पक्राउ परेकालाई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार