गृहपृष्ठ Featured भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नगरप्रमुख कलामले दिए पालिकामा विदा

भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नगरप्रमुख कलामले दिए पालिकामा विदा

वैखरी अनलाईन, महाराजगंज ।

कपिलवस्तुको महाराजगंज नगरपालिकाले सोमबार बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको हो ।

रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको नगरप्रमुख अब्दुल कलामले बताए ।

पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको उनले जारी गरेको सूचनामा उल्लेख छ ।

पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

‘मिति २०८०/१०/०८ गते सोमबारको दिन मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम रहेको साथै रामको विवाह नेपालकी छोरी सीतासँग भएको हुँदा उक्त दिन गाउँपालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको बिक्री वितरण कार्य नगरी दिनुहुन यहाँका सबै सरोकारवालाहरुलाई यसै सूचनाद्वारा सूचित गर्दै उक्त दिन यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु ९अति आवश्यक बाहेक० र शैक्षिक संस्थाहरुलाई स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ उक्त सुचनामा उल्लेख गरिएको छ ।

यस्तो छ जारी सुचना

यस्तै शुक्रबार नै अन्य दुई पालिका शुद्धोधन र कृष्णनगरले समेत भोलि दिन विदा दिएका छन् ।

सम्बन्धित् समाचार