काठमाडौं ।
गत माघ २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दयारानी’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।
‘दिमाग खराब’ रिलिज पश्चात ‘दयारानी’ले दर्शक हलसम्म फर्काउन सफल भएको छ । वितरक प्रचण्डमान श्रेष्ठले समीक्षक र दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले दर्शक हलसम्म पुगेको बताए । विशेषगरी सिनेमाको व्यापार राजधानी भन्दा मोफलसमा राम्रो छ ।
मङ्गलवार निर्माण टिमले एक पोस्टरसहित हिजो सोमबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गरेको छ । यो सँगै सिनेमा बक्स अफिसमा हिट साबित भएको छ । ‘दयारानी’ले दोस्रो सातामा समेत राम्रो व्यापार गरिरहेको हल सञ्चालक बताउँछन् ।
सिनेमाको व्यापारबाट निर्देशक गुरुङ खुशी देखिएका छन् । उनले सिनेमाको व्यापार र प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए । उनले दर्शकलाफ यो मायाप्रेमका लागि धन्यवाद छ भन्ने प्रतिक्रिया दिएका छन् । प्रदर्शनको दोस्रो सातामा सिनेमाले उल्लेख्य मात्रमा शो संख्या पाएको थियो ।








