गृहपृष्ठ Featured गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट विस्थापित परिवारले मागे लालपुर्जा र रोजगारी

गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट विस्थापित परिवारले मागे लालपुर्जा र रोजगारी

गुल्मी ।

गुल्मीको रेसुङ्‍गा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवारले लालपुर्जा लगायत समस्या समाधान गर्न माग गरेका छन् । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरिएको थियो ।

विमानस्थल निर्माण क्रममा विस्थापित भएका घर परिवारलाई प्रदान गरिएको जग्गाको लालपुर्जा उनीहरूले हालसम्म पनि पाएका छैनन् । लालपुर्जा, रोजगारी लगायतका माग गर्दैै विमानस्थलबाट विस्थापित संघर्ष समितिले रेसुङ्‍गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीसँग ज्ञापन पत्र बुझाएका छन् ।

गुल्मीको रेसुङ्‍गा नगरपालिका–१० मा रहेको रेसुङ्‍गा विमानस्थलमा गत वैशाखदेखि नियमित उडान हुँदै आएको छ ।

विमानस्थलबाट नियमित उडान भएपनि विस्थापित परिवारले विमानस्थल निर्माण समितिले निर्माणको क्रममा देखाएको प्रलोभन पूरा नगरेको स्थानीय रेनुकला अयालले बताइन् ।

सम्बन्धित् समाचार