गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघले गर्‍यो विशिष्ट सदस्यसहित कानुनी र प्रेस सल्लाहकार मनोनित

कपिलवस्तु उद्योग बाणिज्य संघले गर्‍यो विशिष्ट सदस्यसहित कानुनी र प्रेस सल्लाहकार मनोनित

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघले विशिष्ट सदस्यसहित कानुनी र प्रेस सल्लाहकार मनोनित गरेको छ । संघको मंगलबार बसेको बैठकले विशिष्ट सदस्यमा पूर्वअध्यक्ष उमानाथ पौडेल, कानुनी सल्लाहकारमा गुणानिधि भुसाल र प्रेस सल्लाहकारमा अशोक पौडेललाई मनोनित गर्ने निर्णय गरेको हो ।

संघका पूर्वअध्यक्षहरुमध्ये एक जना विशिष्ट सदस्य हुने संघको विधानमा उल्लेख छ । सोही अनुसार संघका पूर्वअध्यक्ष उमानाथ पौडेल विशिष्ट सदस्यमा मनोनित भएको संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । पौडेल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्य समेत हुन् ।

कानुनी सल्लाहकारमा मनोनित गुणानिधि भुसालले यस अघि पनि कानुनी सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका थिए ।

यस्तै प्रेस सल्लाहकारको जिम्मेवारी प्राप्त गरेका अशोक पौडेलले संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरेको कार्यकालमा सोही जिम्मेवारी निर्वाह गरेका थिए ।

झण्डै ढेड दशकदेखि पत्रकारितामा सक्रिय उनी हर्टविट एफएम.का स्टेशन म्यानेजर तथा वैखरी अनलाईनका प्रधान सम्पादक हुन् ।

सम्बन्धित् समाचार