वैखरी अनलाइन संवाददाता
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ पिपरामा पानीमा डुवेर एक जनाको ज्यान गएको छ । वडा कार्यालय छेउमा रहेको पोखरीमा डुब्दा टेक बहादुुर बरालको ज्यान गएको हो । बाणगंगाको मटेरीया बस्ने बर्ष ३६ का उनी हाटबजारहरुमा डुुल्ने फिरने गर्दै आएका थिए ।







