गृहपृष्ठ Featured अत्याधिक गर्मी बढेपछि बाणगंगाका विद्यालय ६ दिन बन्द

अत्याधिक गर्मी बढेपछि बाणगंगाका विद्यालय ६ दिन बन्द

वैखरी अनलाईन, बाणगंगा ।

गर्मी अत्याधिक बढेपछि कपिलवस्तुको बाणगंगा नगरपालिकामा ६ दिन विद्यालय बन्द गरिएको छ ।

यही जेष्ठ २० गतेदेखि २५ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।
विहिबार प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले एक सुचना जारी गर्दै गर्मी विदाबारे जानकारी दिएका हुन् । अब बाणगंगाका विद्यालय २७ गते आईतबारदेखि सुचारु हुने छन् ।

केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उनले बताए ।

बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेकाले विद्यालय बन्द गर्ने निर्णय भएको नगर प्रमुख चक्रपाणी अर्यालले वैखरीलाई बताए ।

उनले विद्यालयमा गर्मीले बालबालिका निकै प्रभावित भएको बताए ।

वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ ।

सम्बन्धित् समाचार