कपिलवस्तु भाद्र २१ ,जितपुर
नव प्रभात युवा क्लव वाणगंगा ४ ठाकुरापुरले छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सनिवार सम्पन्न गरेको छ । समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने जिम्मा युवाको काँधमा रहेको वडा नम्वर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए । नव प्रभात युवा क्लव वाणगंगा ४ ठाकुरापुरको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । समाज रुपान्तरण गर्ने जिम्मा युवाको भएको हुर्दा समुदाय, विद्यालय र क्लवले समन्वय गरेर अन्तर सम्बन्धलाई दिगो रुपमा बढाउन युवाको आवश्यक रहेको उहाँले तर्क गर्नु भयो । वडा अध्यक्ष क्षेत्रीले वडालाई समृद्ध बनाउन नगर, प्रदेश, सघं र आफनो व्यक्तिगत तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्दता जनाए ।

त्यस्तै बाणगंगा र गजेहडा भुपु सौनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहले यस क्लवले छोटो समयमा नाम अनुसारको धेरै काम गरेको प्रति प्रशंसा गरे । अबको लक्ष्य केहो ?, कहाँ पूग्ने र कसरी पूग्ने भन्ने बारेमा क्लव सचेत भएर काम गर्न अनुरोध गरेका छन । सामाजिक वातावरणले युवालाई वैदेशिक रोजगारमा जान बाध्य तुल्याएको हुर्दा विदेश नगई स्वदेशमा नै आफ्नो श्रम लगाएर देश विकासमा युवाहरु लाग्नुपर्नेमा उनले जोड दिए ।
क्लवका कोषाध्यक्ष दिपक पोख्रेलले आर्थिक वर्ष २०७५,७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ७ लाख ३८ हजार ६ सय १२ रुपैँया कुल आम्दानी र ७ लाख २६ हजार ६ सय ९६रुपैँया खर्च भएको बताउदै ११ हजार ९ सय ९६रुपैँया क्लवले बचत गरेको बताए ।

उक्त कार्यक्रममा वाणगंगा माविका प्रध्यानध्यापक रामप्रसाद भण्डारी, ठाकुरापुर टोलविकास साितिका अध्यक्ष कमल प्रराजुली, समाज सेवी कृष्ण प्रसाद भट्राई निरमल कुमार शाही, लगायतले कार्यक्रममा शुभकामना दिदै क्लव, समाज र विद्यालयले समन्वय गरेर अगाडी बढ्न आवश्यक रहेको बताउँदै समाजको विकासमा युवाको ठुलो भुमिका रहेको प्रष्टाएका थिए । युवाको क्षमता उपयोग गर्नका लागि स्थानिय तहले ध्यान दिनु पर्ने उनिहरुको तर्क थियो ।

मिलन चालिसेको अध्यक्ष्ता, कृष्ण प्रराजुलीको स्वागत मन्तव्यमा भएको कार्यक्रमकको सञ्चालन पुरन चंद मल्लले गर्नु भएको थियो । खेलको क्षेत्रबाट सुरु गरेको यस युवा क्लबले पाकिङ निमार्ण प्रतिक्षालय निमार्ण, सार्वजनिक जग्गा संरक्षण लगायत काम गरेको छ । उक्त क्लवले आज जेष्ठ नागरिक, , शिक्षक वर्ग, समाजसेवी, आमासमुह, सयोग दाता, लगायतलाई समान गरेको थियो । उक्त अबसरमा क्लवले युवा एकेडेमिको उद्घाटन गरेको थियो ।







