गृहपृष्ठ Featured एकै ओभरमा ३९ रन बनाएर नयाँ विश्व कीर्तिमान

एकै ओभरमा ३९ रन बनाएर नयाँ विश्व कीर्तिमान

काठमाडौं ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ३९ रन जोडेर सामोआले नयाँ विश्व कीर्तिमान बनाएको छ । भानुआतुविरुद्धको खेलमा सामोआले उक्त सफलता प्राप्त गरेको हो ।

सामोआले १५ औँ ओभरमा भानुआतुका नालिन निपिकोविरुद्ध उक्त रन जोडेको थियो ।

सामोआका डेरियस भिसरले उक्त ओभरमा ६ छक्का प्रहार गरेका थिए । फास्ट बलर निपिकोले तीन पटक नो बल फ्याँकेका थिए ।

एक ओभरमा भिसर ३६ रन जोड्ने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका चौथो खेलाडी हुन् ।

सन् २००७ मा भारतका युवराज सिंहले, २०२१ मा वेस्ट इन्डिजका कायरन पोलार्ड र यसै वर्ष नेपालका दीपेन्द्रसिंह ऐरीले पनि एकै ओभरमा ३६ रन जोडेका थिए ।

सम्बन्धित् समाचार