भदौ , अर्घाखाँची
अर्घाखाँचीका २ युवक भारतको पंजाप भटिन्डामा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । रोजगारीको खोजिमा भारत गएका अर्घाखाँची सितगंगा ३ पाँचपोख्रीका ३२ बर्षिय बिष्णु बहादुर बिक र पाणिनी २ ढाडा खिदिमका ४४ बर्षिय कृष्ण बहादुर सुनारको भारतको पंजाप भटिन्डा नजिकै मोटरसाइकल दुर्टनामा परि मृत्यु भएको हो ।

डिउटीबाट कोठामा मोटरसाईकल चढेर फर्कदै गर्दा बिपरित दिशाबाट आउदै गरेको गाडिले ठक्कर दिदा बिष्णु बहादुर बिकको घटनास्थलमै गएराती ज्यान गएको थियो । अर्का मोटरसाईकल पछाडि सवार गरेका कृष्ण बहादुर सुनारको उपचारको क्रममा सुक्रबार बिहान निधन भएको पंजापमा कार्यरत मृतकका आफन्त भानु किकले जानकारी दिएका छन् । ठक्कर दिएर गाडि फराहर भएकाले गाडी नम्बर अझै पत्ता लाग्न सकेको छैन । मृतक बिष्णु बहादुर बिक सितगंगा ३ पाँचपोख्री निवासी ५९ बर्षिय गम्बरसिङ बिक पिता र आमा ५२ बर्षिय सान्तीकला बिकका एक्ला छोरा हुन् ।
उनको २५ बर्षिय एक श्रीमती र ९ बर्षिय एक छोरा रहेका छन् । उनी ८ महिना अघि रोजगारीको खोजीमा भारतको पंजाप भटिन्डा गएको मृतकका पिता गम्बरसिङ बिकले बताए । । यस्तै मृतक कृष्ण बहादुर सुनार पाणिनी २ ढाडाखिदिम निवासी पिता ७० बर्षिय मान बहादुर सुनार र आमा ६६ बर्षिय तुलसा सुनारको जेठो छोरा हुन् । मृतकको ४ छोरा १ छोरी रहेका छन् ।
उनी ६ महिना अघि रोजगारीको शिलसिलामा भारतको पंजाप भटिन्डा गएका थिए । शवलाई अहिले भटिन्डा स्थित सिभिल अस्पतालमा पोष्टमाट्मका लागि राखिएको छ । पोष्टमाट्म पछि शवलाई नेपाल ल्याउने वा भारतमै अन्त्यष्टी गरिने बारे तय गरिने पंजाप भटिन्डामा कार्यरत मृतकका आफन्त महेश्वर बिकले टेलिफोनमा जानकारी दिए ।








