गृहपृष्ठ खबर होटल तथा रेष्टुरेन्ट ब्यबसायि संघ कपिलवस्तुले भदौ ३१ गते भ्याट सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै

होटल तथा रेष्टुरेन्ट ब्यबसायि संघ कपिलवस्तुले भदौ ३१ गते भ्याट सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै

हरि घिमिरे ,भदौ ३०
होटल तथा रेष्टुरेन्ट ब्यबसायि संघ कपिलवस्तु र आन्तरिक राजस्व कार्यालय कृष्णनगर को संयुक्त आयोजनामा भ्याट सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ । नयाँ आर्थिक बर्ष २०७६,७७ (साउन ) देखि भ्याटमा दर्ता भएका होटल तथा रेष्टुरेन्ट ब्यबसायिहरुलाई मध्येनजर गर्दै भ्याट बिल कसरी काट्ने ? मार्सेबारी,खरिद खाता र बिक्री खाता के हो ? कसरी भर्ने ? आन्तरिकराजस्व कार्यालयले भ्याट मा दर्ता हुँदा कम्प्युटर युजर आईडि किन दिन्छ ? कम्प्युटरमा कसरी भर्ने ?लगायत भ्याट र आफ्नो ब्यबसाइक हिसाबकिताब लाई कसरी चुस्त दुस्त राख्ने भन्ने कुराको जानकारीका लागि कार्यक्रम को आयोजना गरिएको हो । कार्यक्रममा यहिँ ३० गते सम्म दर्ता भएका होटल तथा रेष्टुरेन्ट व्यबसायिहरुलाई उपस्थितीको लागि आयोजकले आग्रह गरेको छ । कार्यक्रम यहिँ भदौ ३१ गते अर्थात भोलि द गार्डेन होटल बाणगंगा चार दरखास्तमा हुने होटल तथा रेष्टुरेन्ट ब्यबसायि संघ कपिलवस्तुका महासचिव रबिन्द्र पौडेलले वैखरी अनलाईन लाई जानाकारि दिए ।

सम्बन्धित् समाचार