असोज २ वैखरी नवराज बेल्वासे ,
वाणगंगा नगरपालिका स्थित राम आधारभूत विद्यालय (१–८) वाणगंगा ९ पडरिया सम्मानित भएको छ । वाणगंगा नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाद्धारा आयोजित ४० औँ शिक्षा दिवस तथा वाल दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमबाट पदक र प्रशंसा पत्रका साथ नगरकै उत्कृष्ट विद्यालयका रुपमा सम्मान भएको होे । विद्यालय सम्मान भएको अवसरमा आज खुसियालिमा विद्यालय परिसरबाट ¥यालीको आयोजना गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम वहादुर क्षेत्रीको अध्यक्षता , वाणगंगा नगरपालिका कार्यपालिका सदस्य केशरा गुरुङको प्रमुख आथितियता रहेको कार्यक्रममा , सरेपानि सामुदायिक बनका अध्यक्ष गिर बहादुर गुरुङको विशिष्ट आथितियता रहेको थियो । आृयोजित र्याली कार्यक्रममा विद्यालयका शिक्षक , विद्यार्थी , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु , टोल विकास संस्थाका सदस्यहरु , सामाजिक व्यक्तित्वहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विद्यालय परिसरबाट सुरु भएको ¥याली वाणगंगा ९ जिनुवा हुदैँ पुर्ण विद्यालयमै गएर समापन भएको थियो । आयोजित कार्यक्रममा बोल्दै प्रमुख अथिति गुरुङले राम आधारभुत विद्यालय नगरको मात्र नभई जिल्लाको हुदैँ राष्ट्रकै उत्कृष्ट हुने कुरा दावि गर्नु भएको थियो । कार्यक्रममा गिर बहादुर गुरुङ , मेनुका भुसाल , फुलमाया गुरुङ लगायतले विद्यालयको सफलताको लागि शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ ओमलाल गिरीले सम्पुर्ण विद्यार्थी , अभिभावक , शिक्षक लगायतको सम्पुर्णको कडा मिहेनतले आजको सफलता हात पार्न सफल भएको कुरामा जोड दिनुभएको थियो । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष क्षेत्रीले विद्यालयलाई नगरको उत्कृष्ट विद्यालय बनाउनको लागि मिहेनत गर्न सम्पुर्ण शिक्षक , विद्यार्थी , अभिभावक लगायत विद्यालयको शुभच्छेकहरुमा कृतज्ञता व्यक्त गर्नु भएको थियो । अब नगर हुदैँ जिल्ला , राष्ट्रकै उत्कृष्ट विद्यालय हुने कुरा जोड दिनुभएको थियो ।








