गृहपृष्ठ Featured पुलिस कपिलवस्तुलाई हराउँदै सेमिफाइनलमा प्रवेश

पुलिस कपिलवस्तुलाई हराउँदै सेमिफाइनलमा प्रवेश

नवलपरासी ।

कोल्हुवामा जारी राइनो कप फुटबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ ।

बिहीबारको खेलमा कपिलवस्तु-११ लाई २-० ले पराजित गर्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो । पहिलो हाफको ३४ औँ मिनेटमा पुलिसका लागि विवेक पाण्डेले पहिलो गोल गरेका थिए ।

दोस्रो हाफको २५ औँ मिनेटमा पाण्डेले नै दोस्रो गोल गरे । पाण्डे बिहीबारको खेलमा म्यान अफ दि म्याच घोषित भए ।

राइनो कप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार दोस्रो क्वाटरफाइनल अन्तर्गत नमुना युवा क्लव, कावासोती र सशस्त्र प्रहरीबीच भीडन्त हुने छ ।

प्रतियोगितामा विजेताले नगद ८ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ४ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित् समाचार