काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ ।
मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।
खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने, अभ्यास खेल खेल्ने देखि पुरस्कार र प्रायोजकको घोषणा हुने क्रम जारी छ । यस्तै विदेशी खेलाडीहरु पनि नेपाल आउने क्रम जारी छ ।
काठमाडौं बाहिर प्रशिक्षण गरिरहेका सबै टोलीहरु काठमाडौं आइसकेका छन् । विराटनगर कंग्स र पोखरा एभेन्जर्सको टोद्यी बुधबार काठमाडौं आइपुगेका छन् ।
बुधबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच अभ्यास खेल पनि भयो । जसमा आसिफ शेख मार्की रहेको जनकपुरले रोहित पौडेल मार्की रहेको लुम्बिनीलाई ९६ रनले हरायो ।
मंसिर १२ गते बुधबार एनपीएलसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । के के भयो बुधबार सबै कुराको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
उद्घाटन खेलको टिकट सोल्डआउट
एनपीएलको चर्चा अहिले यति धेरै छ कि मंसिर १५ गते हुने विराटनर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेलको टिकट सोल्ड आउट नै भएको छ । आयोजक क्यान र टिकेटिङ पार्टनर खल्ती दुवैले पहिलो खेलको टिकट सोल्ट आउट भएको जानकारी दिएको छ ।
उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको हो । टीयू मैदानको कूल क्षमता १२ हजार जति भएपनि उद्घाटन खेलका लागि भिआईपी टिकट र नर्मल गरी १० हजार मात्र विक्री गरिएको क्यान प्रवक्ता छुम्मी लामाले जनाए ।
टियू मैदानमा मुख्य प्रायोजक सिद्धार्थ बैंकका लागि सिद्धार्थ बैंक जोन पनि छुट्याईएको लामाले जानकारी दिए ।