गृहपृष्ठ Featured दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं ।

श्रीमतीको हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमान्‌लाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्रबहादुर बुढाथोकी छन् । उनलाई आफ्नै श्रीमती ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको आरोप छ ।

चित्रबहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका–७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार