गृहपृष्ठ Featured कपिलवस्तु मोबाईल फोन व्यवसायी संघको अध्यक्षमा घिमिरे सर्वसम्मत

कपिलवस्तु मोबाईल फोन व्यवसायी संघको अध्यक्षमा घिमिरे सर्वसम्मत

बाणगंगा, वैखरी अनलाईन ।

कपिलवस्तु मोबाईल फोन व्यवसायी संघको अध्यक्षमा नारायण प्रसाद घिमिरे चयन भएका छन् । मंगलबार बाणगंगा नगरपालिका- ७ खारखानीमा भएको संघको पाँचौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा दिलिप गाहा मगर, उपाध्यक्षमा सन्तोष क्षेत्री, सचिवमा माधव गैरे, सहसचिवमा दुर्गेश केवट, कोषाध्यक्षमा बालकृष्ण बेल्वासे, सहकोषाध्यक्षमा सन्दिप थारु चयन भएका छन् भने सदस्यहरुमा श्रेष्ठ र हिमलाल न्यौपाने चयन भएका छन् ।

निवर्तमान अध्यक्ष माधव बन्जाडेका अनुसार संघको सल्लाहकारहरुमा विकास न्यौपाने, केशव खनाल र कृष्ण पाण्डे चयन हुनुभएको छ ।

नवकार्यसमितिका अध्यक्ष घिमिरेले मोबाईल फोन व्यवसायीहरुको हकहितमा काम गर्दै संघलाई सुदृढ बनाउन गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले आफुलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदैं आफ्नो जिम्मेवारी तथा कर्तव्य निष्ठाका साथ निर्वाह गर्ने बताए ।

सम्बन्धित् समाचार