गृहपृष्ठ Featured ८ वर्षपछि गुल्मी-पर्वत जोड्ने पक्की पुल सञ्चालन

८ वर्षपछि गुल्मी-पर्वत जोड्ने पक्की पुल सञ्चालन

गुल्मी ।

गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने पक्की पुल सञ्चालनमा आएको छ । सम्झौता भएको आठ वर्षमा गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य सम्पन्न भएको छ ।

पुलको गुल्मी क्षेत्र नम्बर–१ का सांसद डा. चन्द्र भण्डारीले उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै सांसद भण्डारीले लामोसमयको प्रतिक्षापछि यस भेगका नागरिकका लागि पक्की पुलले सहजता ल्याएको बताए ।

गुल्मी र पर्वतका नागरिकलाई यस पुलले यात्रामा सहज बनाएको भण्डारीले बताए ।

सम्बन्धित् समाचार