गृहपृष्ठ खबर भुजहवामा २२ औ खुल्ला क्रिकेट प्रतियोगिता सुरु

भुजहवामा २२ औ खुल्ला क्रिकेट प्रतियोगिता सुरु

 

उमेश बि.क / नवलपरासी ,  असाेज /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ भुजहवामा सरावल गाउँपालिका स्तरीय खुल्ला कृकेट प्रतियाेगिता सुरु भएको छ ।

नवदुर्गा युवा क्लब भुजहवाकाे अायाेजनामा तथा सरावल गाउँपालिका स्तरीय खेलकुद समितिकाे सहअायाेजनामा शुभ बिजया दशमीकाे पुनित अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता क्लबका अध्यक्षता दिपक क्षेत्रीकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सञ्चालन भएकाे छ ।

 

 

प्रतियोगिताको उद्घाटन गर्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले क्रिकेट ब्याट र बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइएको रुपमा मानिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हाे भन्दै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा वडा नं.६ वडा अध्यक्ष कैलाश यादव, वडा नं.७ वडा अध्यक्ष हेयात खाँ , सरावल गाउँपालिका स्तरीयखेलकुद समितिकाे अध्यक्ष महेन्द्र चाैधरी लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

साे खेलकुद प्रतियाेगितामा नवलपरासी र रुपन्देहीका र मित्र राष्ट्र भारत गरि ३५ वटा कृकेट समुहको सहभागिता रहेकाे छ ।

अाज भुजहवा र कठहवा बीचको पहिलो उद्धघाटन खेलमा श्री नव दुर्गा युवा क्लब भुजहवाले ८४ रन प्राप्त गरी विजयी भएको छ ।

यस्तै दाेस्राे खेल भुजहवा वि.टिम र रामपुर खडहवना विच भएको खेलमा भुजहवा वि.टिमले ६ विकेट ले विजयी हासिल गरेको छ ।

यस्तै भोली विहान ९ बजे देखि साझ ५ बजे सम्म नेपाल र भारत विचको खेल हुने क्लबका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

मंगलबारबाट शुरु भएको खेल असोज २३ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार ,कप,प्रमाण पत्र द्धितिय हुनेलाई ३१ हजार, कप,प्रमाण पत्र पुरस्कार राखिएको छ ।

सम्बन्धित् समाचार