गृहपृष्ठ Featured सेमिफाइनलमा रियलको जित

सेमिफाइनलमा रियलको जित

स्पेनिस कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । मंगलबार राती भएको खेलमा मड्रिडले रियल सोसिडाडलाई १-० गोलले पराजित गरेको हो ।

निकै प्रतोस्पर्धात्मक खेलमा मड्रिडको तर्फबाट एकमात्र विजयी गोल एन्ड्रीकले गरे । उनले  खेलको १९ औं मिनेटमा गरेको गोलनै निर्णायक गोल बन्न पुग्यो ।

सोसिडाडले नश्लबादको बिरोध गरेको भन्दै केहिबेर खेल स्थगित भएको थियो । तर मध्यान्तरपछि खेलले नियमितता पाएको थियो ।

सोमबार भएको अर्को सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिडले ४-४ को बराबरीमा पहिलो सेमिफाइनल लिग टुंगाएका थिए । अब दुबै सेमिफाइनलको दोश्रो लिग अप्रील १ मा हुनेछ ।

सम्बन्धित् समाचार