गृहपृष्ठ Featured कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक गाउँपालिका-१ गोबरहवाका ४० वर्षीय जनम बहादुर चौधरीको मृत्यु भएको हो ।

 

गत राति १० बजे नेवलागंजबाट गुगौली तर्फ जाँदै गरेको लु ९ प ३७७० नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।

 

प्रहरी कार्यालय गणेशपुरका अनुसार घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय गणेशपुरले जनाएको छ। दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार