गृहपृष्ठ Featured वर्षमा एकपटक भए पनि मासु खाने इच्छा, कर्जा खोज्दै बादी समुदाय

वर्षमा एकपटक भए पनि मासु खाने इच्छा, कर्जा खोज्दै बादी समुदाय

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन ।

महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका रूपमा कार्य गरी बादी समुदायले जीविका चलाउँदै आएका छन् । भारतीय सीमा सुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने कार्य रोक्न थालेपछि जीविका चलाउँदै आएको स्रोतसमेत खोसिन थालेपछि बेखर्ची भएको राधिका रानाले बताउनुभयो ।

सम्बन्धित् समाचार