पोखरा ।
पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।
आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिएको थियो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्सबीच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १/१ अंक बाडे ।
दुवै टिमको समान दुई खेलबाट समान ३/३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ । उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।