काठमाडौं ।
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले झण्डै ४ मिनेटको ट्रेलर सार्वजनिक गरे ।
ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । लेककी गुरुङसेनी युवती र औलको काफ्ले ब्राम्हण युवकबीचको ‘सरल र सहज’ प्रेम सम्बन्ध र त्यसबीचमा आउने जातीय अन्तर्विरोधको कथा यसमा छ ।