गृहपृष्ठ Featured बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर

बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर

यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर भएको छ । सेमिफाइनलको पहिलो लिगमा यी दुई टोलीले ३-३ गोलको बराबरी खेले ।

गए राति भएको खेलमा सुरुमा बार्सिलोना २-० पछि परेको थियो । इन्टरका लागि खेलको पहिलो मिनेटमै मार्कस थुरमले गोल गर्दै अग्रता दिलाए । त्यस्तै २१औँ मिनेटमा डेन्जेल डुमफ्रेइजले २१औँ मिनेटमा गोल गरेसँगै बार्सिलोना २-० ले पछि पर्‍यो ।

२४औँ मिनेटमा लामिन यमाल र ३८औँ मिनेटमा फेरान टोरेसले गोल गरेसँगै बार्सिलोनाले खेललाई २-२ गोलको बराबरीमा ल्यायो । यससँगै पहिलो हाफ बराबरीमा सकिएको थियो ।

तर, ६३औँ मिनेटमा इन्टरका डेन्जेलले गोल गर्दै बार्सिलोनाविरुद्ध पुनः अग्रता दिलाए । तर, ६५औँ मिनेटमा आत्मघाती गोल उपहारमा पाएसँगै बार्सिलोनाले बरबरी स्कोर पुर्‍यायो ।

अब सेमिफाइनलको अर्को लेगले फाइनलमा पुग्ने टोलीको निर्क्योल हुनेछ । यसअघि सेमिफाइनलको अर्को खेलको पहिलो लेगमा पीएसजीले आर्सनललाई १-० ले पराजित गरेको थियो ।

सम्बन्धित् समाचार