पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको छ । गए राति भएको खेलमा पोर्चुगलले उपाधि चुमेको हो ।
खेलको २१औँ मिनेटमा स्पेनका मार्टिन जुविमेन्दीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पोर्चुगलका लागि नुनो मेन्डेसले २६औँ मिनेटमा बराबरी गोल फर्काए ।
त्यस्तै ४५औँ मिनेटमा गोल गर्दै मिकेल ओयारजबलले स्पेनलाई पुनः अग्रता दिलाए । तर ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि बराबरी गोल फर्काए ।
त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको हो । जसमा पोर्चुगलले ५-३ ले खेल आफ्नो पक्षमा पार्यो । यो नेसन्स लिगमा पोर्चुगलले जितेको दोस्रो ट्रफी हो ।








