गृहपृष्ठ खबर भारतीय प्रहरीको कब्जामा नेपाली नागरिक ,अपहरण शैलीमा पुर्याइयो सिमापारी

भारतीय प्रहरीको कब्जामा नेपाली नागरिक ,अपहरण शैलीमा पुर्याइयो सिमापारी

सांकेतिक तस्बिर ।

कपिलवस्तु : भारतीय प्रहरीले जिल्लाको मायादेवी गाउँपालिका–२ का एक नेपालीलाई अपहरण गरी भारत लगेको छ। स्थानीय ४२ वर्षीय रमजान मुलसमान भारतीय प्रहरीले आइबार साँझ सोही गाउँपालिका १ को पकडीबाट अपहरण गरेको हो।

भारतीय सीमा क्षेत्र चाकर चौडाबाट प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले पक्राउ गरी लवनी हुँदै सीमावर्ती हथिहवा दोहनी नाकाबाट भारततर्फ लगेको हो।

भारतीय प्रहरीको टोलीले रमजानलाई पक्राउ गरी लगेको खबर आफूहरूलाई पनि प्राप्त भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए। यस सम्बन्धमा थप बुझ्ने काम भइरहेको मल्लले जानकारी दिए।

अपहरणमा परेका रमजान उपर भारतका विभिन्न स्थानहरूमा अपराधिक क्रियाकलाप गरेको आरोप छ। भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कारण उनलाई पक्राउ गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।

 

सम्बन्धित् समाचार